जाजरकोट, ४ जेठ । संगठनको केन्द्रीय अध्यक्षलाई जिल्लाको कार्यक्रम उद्घाटन गर्न बोलाएर समय भन्दा पहिले नै कार्यक्रम सकिदा प्रमुख अथिती बनेर जानेलाई कस्तो होला ? अध्यक्ष कमरेड तपाई यहाँ आएर जिल्ला अधिवेशनको उद्घाटन गरिदिन पर्यो भन्दै बोलाएर पहिले कार्यक्रम सकेपछि अहिले युवा संघभित्र हाँसोको विषय बनेको छ । यसरी निम्तयाइएका पाहुन अरु कोही नभएर युवा संघका केन्द्रीय अध्यक्ष राजीव पहारी हुन् । उनलाई जाजरकोटको युवा संघको अधिवेशनमा सहभागी हुन काठमाडौंबाट आउन निम्तो दिइयो । व्यवस्त समय निकालेर उनी सहभागी हुन गए पनि । तर भइदियो के भने उनी पुग्नुभन्दा पहिले नै अधिवेशन सकाइयो संघका केन्द्रीय नेताहरुको उपस्थितीमा । यसरी आफ्नै अध्यक्षलाई फसाउनेमा अरु कोही नभएर पार्टीभित्र माधव नेपाल समूह भनेर चिनिने युवा संघका नेताहरु हुन् । यसलाई कतिपयले संघभित्रको लामो विवादको असन्तुष्टीलाई एकले अर्को पक्षलाई खुइल्याउने मौकाकारुपमा पनि हेरिएको छ । नेकपा एमालेको भ्रातृ संगठन युवा संघको जाजरकोट अधिवेशन सम्पन्न भएको छ । सदरमुकाम खलंगामा युवा संघ जाजरकोटको अधिवेशन सम्पन्न भएको हो । जेठ ३ गते सम्पन्न अधिवेशनले विश्वविक्रम शाहलाई अध्यक्ष बनाएको छ । ३३ सदस्यी कमिटि चयन गरेको उक्त अधिवेशनले उपाध्यक्ष वीरबहादुर घर्ती, सचिवमा नबीन बस्नेत, उपसचिवमा विरेन्द्र खत्रीलाई चयन गरेको छ । कोषाध्यक्ष भने पछि चयन गर्ने बताइएको छ । जिल्ला अधिवेशनको उद्घाट्न केन्द्रीय सचिव अशोक चन्दले गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार