काठमाडौ, ३ जेठ । सस्कृति, पर्यटन तथा नागरक उड्ययन मन्त्री आनन्दप्रसाद पोख्रेलले आन्दोलनरत मधेसी मोर्चाले उठाएको कुनै पनि माग पुरा गर्न बाँकी नरहेको दावी गरेका छन ।
राजधानीको एक कार्यकक्रममा साक्षात्कारमा उनले भने,‘ मधेसी मोर्चाको एक प्रतिसत माग पनि पुरा हुन बाँकी छैन । उहाँहरुको आग्रह मात्रै हो, आग्रहलाई सरकारले संबोधन गर्न सक्दैन ।’
मन्त्री पोख्रेलले उनीहरुले मागे जस्तो मधेसमा दुई प्रदेश हुने री सिमांकन हुनै नसक्ने स्पष्ट पार्दै हिमाल, पहाड र तराई छुट्याएर प्रदेश नबने ठोकुवा गरे ।
संघीय गठबन्धनले जारी राखेको सिंहदरवार घेराउ लगायतका आन्दोलनले नेपालको पर्यटन क्षेत्रलाई कुनै असफल नपार्ने दावी गर्दै भने,‘ नेपालको पर्यटन क्षेत्र आन्दोलनबाट अभ्यस्त भईसक्यो । यसले अब केही असर गर्दैन । तपाईले अहिले हेर्नु भयो भने पनि थाहाँ हुन्छ नेपालको कुनै पनि होटलमा कोठा खाली छैनन । पर्यटन सजिलोको लागि मात्रै हुँदै खतराको लागि पनि हुन्छ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार