बुधबार विहान जोमसोमका लागि उडेको तारा एयरको खोजी कार्य जारी छ । बिहान ७ बजेर ५७ मिनेट जाँदा पोखराबाट जोमसोमका लागि उडेको विमान ८ बजेर १० मिनेटपछि सम्पर्क विहीन भएको थियो ।
कल साइन ९ ए एच एच रहेको सो विमानमा चालक दलका सदस्य सहित २घ जना रहेका छन् । जहाज बेपत्ता भए लगत्तै खोजी कार्यका लागि नेपाली सेनाको टोली त्यसतर्फ गएको थियो । खराब मौसमका कारण खोजी कार्यमा कठिनाई भएको हाम्रा संवाददाताले जनाएका छन् । म्याग्दीमा दुर्घटना भएको आशंकामा खोजी जारी छ । दाना गाविसको रुप्सेभीर लगायतका स्थानमा खोजी भइरहेको छ । स्थानीयबासीले ठूलो आवाज आएको सुनेको तथा आगो देखेको भनेकै भरमा खोजी गर्ने गरिएको छ ।

तर, अहिलेसम्म केही पत्ता लागेको छैन । विमानको खोजीमा खराब मौसमले पनि अवरोध उत्पन्न भएको छ ।खोजी कार्यका लागि सरकारले घटनास्थलतर्फ तीनवटा हेलिकप्टर पठाइसकिएको छ । जसमा एउटा नेपाली सेनाको रहेको छ भने दुइवटा एयर डाइनेष्टीको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार